मेलम्ची खोलाले बगायो हेलम्बुको इलाका प्रहरी भवन

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु इलाका प्रहरी कार्यालयको भवन मेलम्ची खोलामा आएको बाढीले आज बगाएको छ । बागमति प्रदेश सरकारको लगानीमा गत वर्ष ३ करोड १७ लाख ६९ हजार रुपैयाँको लागतमा निर्मित अढाई तले भवन बगाएको हो ।

नदीमा आएको बाढीले कटान गर्दै ढंगाको तारजाली र भान्सा कोठा बगाएपछि प्रहरीलाई उक्त भवनबाट सारिएकोले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी सिन्धुपाल्चौकले जनाएको छ । इन्स्पेक्टरको कमाण्डमा रहने ‘क’ वर्गको इलाका प्रहरी कार्यालयमा अहिले प्रहरी नायब निरीक्षकले कमाण्ड सम्हाल्दै आएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker