विराटनगर महानगरद्वारा कोरोनाविरुद्धको खोप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोनाविरुद्धको खोपका साथै स्वास्थ्य सामग्री सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

महानगर प्रमुख भीम पराजुलीले आज एक विज्ञप्ती जारी गरी महानगरसँग भगिनी सम्बन्ध स्थापित भएका र हुनगइरहेका बिभिन्न देशका सहरहरुका साथै महानगरमा काम गर्दै आएका अन्तर्राष्ट्रिय संघ संस्थालाई सहयोगका लागि आग्रह गर्नुभएको हो ।

महानगरले हालसम्म कोरोना महामारी नियन्त्रण र रोकथामका लागि मात्रै काम गरिरहेको अवस्थामा उपचारका लागि प्रयोग हुने स्वास्थ्य सामग्रीको समेत माग गरेको विज्ञप्तीमा उल्लेख छ । मोरङस्थित बिभिन्न स्थानीय तहहरुले कोभिड अस्पताल सञ्चालन गरिरहेको अवस्थामा महानगरले हालसम्म कोभिड अस्पताल सञ्चालन गर्न सकेको छैन ।

नगर प्रमुख पराजुलीले जारी गरेको विज्ञप्तीमा नेपाल सरकारको लोगो भएको र महानगर प्रमुखको हैसियतमा विज्ञप्ती जारी गर्नुभएको छ तर त्यसका लागि महानगरको लेटर प्याड प्रयोग गर्न नसकेकोबाट यो विज्ञप्ती सस्तो लोकप्रियताका लागि निकालेको बुद्धिजिवी वर्गको ठहर छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker