मधेसको पहिचान, प्रतिनिधित्व र पहुँचको पक्षमा कांग्रेस : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मधेस र मधेसीको पहिचान, प्रतिनिधित्व र पहुँचको पक्षमा कांग्रेस रहेको बताउनु भएको छ । ‘मधेस मन्थन : नेपाली कांग्रेस र मधेस’ विषयक भर्चुअल अन्तरक्रियामा कोइरालाले नागरिकता समस्या मधेसको भन्दै भ्रामक प्रचार भइरहेको प्रति आपत्ति जनाउनुभयो ।

नेपालमा वितरण गरिएको जन्मसिद्ध नागरिकतामध्ये आधाभन्दा बढी पहाड र हिमालमा बाँडिएको तथ्य लुकाएर नागरिकता समस्या मधेसको भन्दै भ्रम सृजना गर्ने कार्य भइरहेको उहाँको भनाई थियो ।

तत्कालिन समयमा गाउँ गाउँमा नागरिकता टोली खटाएर देशभर २६ लाख १७ हजार जनालाई जन्मसिद्ध नागरिकता वितरण गरिएको थियो । जसमध्ये १३ लाख नागरिकता पहाड र हिमालमा बाँडिएको छ । कूल १२ लाख मधेस र तराईमा बाँडिएको जन्मसिद्ध नागरिकता लिनेमा पहाडबाट मधेस झरेकाहरु समेत रहेको तथ्य लुकाएर भ्रम सृजना गर्ने कार्य भइरहेको भन्दै कोइरालाले आपत्ति जनाउनुभयो ।

सरकारले ल्याएको नागकितासम्बन्धी विधेयक अदालतले कार्यान्वयनमा रोक लगाउनु स्वभाविक भएको उहाँको भनाई थियो । नागरिकता जस्तो संवेदनशील विषय अध्यादेशमार्फत ल्याएर भोली संसदबाट पास नभएको अबस्थामा के हुन्छ ? त्यसको बारेमा सोच्नु पर्दैन ? उहाँले प्रश्न गर्नुभयो ।

संसदबाट अध्यादेश पास नभएको अवस्था अध्यादेशको आधारमा नागरिकता लिनेहरुको के अवस्था हुन्छ त्यसको ख्यालै नगरी जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराउने उद्देश्यले अध्यादेश ल्याएको कोइरालाको भनाई थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker