प्रदेश १ मा संक्रमितको संख्या २७४ मा झर्यो

विराटनगर । प्रदेश १ मा आज कोरोना संक्रमितको संख्या २७४ मा झरेको छ । पछिल्लो समय निरन्तर संक्रमण हुने दर घट्दै गएको हो ।

यस प्रदेशमा आज ४६० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ ।

मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१, झापाको दमकमा ४३, भद्रपुरमा १४, विर्तामोडमा १३, कमलगाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, कनकाई, अर्जुनधारा, बाह्रदशी र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानमा ४२, इटहरीमा २८, रामधुनीमा ५, इनरुवामा २ र स्थानीय तह नखुलेका ३, उदयपुरको बेलकामा २ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ८७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार २०६ रहेको छ । प्रदेश १ मा आज ९६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker