८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

सप्तरी । डाक्नेश्वरी नगरपालिका ३ तरहीमा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय रामउद्गार यादवकी ८ वर्षीया छोरी शिवानी यादवको हत्या गरिएको हो ।

हिजो घाँस काट्न खेततिर गएकी शिवानीको घर नजिकैको आँपको बगैँचामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टम गराएर प्रहरीले घट्नाको अनुसन्धान सुरु गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker