देउवालाई निधीको जवाफ : प्रधानमन्त्री बन्न तपाईंलाई सघाउँछु, सभापतिमा मलाई सघाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उपसभापति बिमलेन्द्र निधीले पार्टीको आसन्न १४ औं महाधिवेशनमा चुनौति दिने हुनु भएको छ ।

सभापतिमा आफूलाई दोहोर्‍याउन परामर्श थाल्नु भएका देउवालाई निधीले तपाईं प्रधानमन्त्री बन्नुहोस् सघाउँछु तर सभापतिमा तपाईंको समर्थनमा म लड्छु जवाफ दिनुभएको हो ।

प्रदेश १ का नेताहरुसँगको परामर्शपछि सभापतिमा दोहोर्‍याउन उत्साहित देउवाले प्रदेश २ का नेताहरुसँगको परामर्शमा चुनौतिको सामना गर्नु परेको एक नेताले बताउनुभयो ।

प्रदेश २ का नेताहरु पार्टी उपसभापति निधि, आनन्द ढुंगाना, जंगीलाल रायलगायतका नेताहरुसँगको परामर्शमा निधीले चुनौति दिनुभएको हो ।

निधीले चुनौति दिए पनि देउवाले गम्भिरतापूर्वक नलिएको छलफलमा सहभागी एक नेताले बताउनुभयो । उपसभापति निधीले जवाफ दिएपछि सभापति देउवाले सामान्य प्रतिक्रियासमेत जनाउनु भएन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker