सरकारले दुई प्रकारको लाइसेन्स ल्याउँदै

काठमाडौं । सरकारले अब दुई प्रकारका सवारी चालक अनुमतिपत्र ल्याउन लागेको छ । परीक्षणका लागि र परीक्षणकाल सकिएपछिका लागि दुई किसिमको सवारी चालक अनुमतिपत्र साउन १ गतेदेखि ल्याउन लागेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले आर्थिक वर्ष २०७८÷७९ बाट ट्रायल पास गरेपछि परीक्षणकालसम्मका लागि स्मार्ट लाइसेन्समा भएको चिपकार्ड बिनाको बारकोडसहितको लाइसेन्स बितरणको व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले परीक्षणकाल सकिएपछि मात्रै स्मार्ट लाइसेन्स दिने व्यवस्था गरिएको बताउनु भयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker