देशभरि मनसुनी वायुको प्रभाव : बिभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभरि मनसुनी वायुको प्रभाव रहेकाले बिभिन्न भागमा वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

देशभर सामान्य देखि पूर्ण बदली रहनुका साथै देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ सहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षा को सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker