प्रदेश १, बागमति र लुम्बिनीमा पनि विपक्षी गठबन्धनले सरकार बनाउने

काठमाडौं । बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा गएराती भएको विपक्षी गठबन्धनको छलफलमा बाँकी रहेको प्रदेश १, बागमति र लुम्बिनि प्रदेशमा पनि विपक्षी गठबन्धनको सरकार बनाउने निष्कर्ष निकालेको छ ।

यी तीन वटै प्रदेशमा एमाले अध्यक्ष केपी ओली निकट मुख्यमन्त्री छन् । तीन वटै प्रदेश सरकारले ल्याएको अगामी वर्षको नीति तथा कार्यक्रम एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहयोगमा पारित भएको छ । तीन वटै सरकारले आउँदो आर्थिक वर्षको बजेट पनि नेपाल पक्षकै समर्थनमा बहुमतले पारित गराउने ध्याउन्नमा छन् ।

एमालेका नेपाल पक्ष र अध्यक्ष ओली पक्षका दोस्रो पुस्ताका नेताहरु पार्टी एकता कायम राख्न प्रयत्नरत रहे पनि नेपालले विपक्षी गठबन्धनमा राजनीतिक संवाद जारी राख्ने र ओलीसँग नमिल्ने प्रतिबद्धता दोहोर्‍याउँदै आउनुभएको छ ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्दै सरकारले अहिलेको विद्यमान बाढीपहिरो पिडितलाई राहत दिन असफल भएको निष्कर्ष निकालेको हो । आफ्नो गठबन्धनको चार वटै प्रदेश सरकारलाई जनतामा समर्पित भएर काम गर्नुपर्ने ठहर गरेको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker