प्रदेश १ सभामा आजबाट बजेटमाथि छलफल सुरु हुँदै

विराटनगर । प्रदेश १ सभामा आजदेखि प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को बजेटमाथि छलफल सुरु हुने भएको छ । प्रदेशसभाको दिउँसो १ बजेबाट सुरु हुने बैठकमा बजेटमाथिको छलफल सुरु हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।

प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker