युरोकपमा इटलीको उदय : एक गोल नखाई लगातार तीन खेलमा जित

काठमाडौं । फुटबल खेलमा इटलीको उद्यीमान टिमको रुपमा अघि आएको छ । युरोकप २०२० मा लगातार तीन खेलमा एक गोल पनि नखाई जित हात पारेको छ । इटलीले वेल्सलाई १–० ले पराजित गर्दै लगातार समूह चरणको तीन खेल जित्न सफल भएको हो ।

इटलीले घरेलु मैदानको फाइदा उठाउँदै खेलको ३९ औँ मिनेटमा माटेओ पेसिनाले गरेको गोल खेलका लागि निर्णयक रहयो । तर वेल्सले हारेर पनि नकाउट चरणमा प्रवेश गरेको छ ।

इटलीका प्रशिक्षक रोवर्टो मान्सिनीले ८ खेलाडी परिवर्तन गरेर वेल्सविरुद्ध जित दिलाउँदै ३० औं खेलको अपराजित यात्रा पार गरेको छ ।

समूह चरणको यसअघिको खेलमा टर्की र स्वीट्जरल्याण्डलाई समान ३–० ले पराजित गर्दै इटलीले नकआउट चरणमा स्थान पक्का गरिसेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker