युरोकपको आज ४ खेल हुँदै

काठमाडौं । युरोकपको आज समूह बी र सी को २/२ गरी चार खेल हुँदैछन् । समूह सी अन्तर्गतको खेल राति ९ः४५ बजे नेदरल्यान्ड्स र नर्थ मेसेडोनिया तथा युक्रेन र अष्ट्रेलियाबीच हुँदै छ । समूह बी अन्तर्गत राति १२ः४५ बजे बेल्जियम र फिनल्यान्ड तथा डेनमार्क रुसबीच हुने भएको हो ।

अंक बिहिन नर्थ मेसेडोनियासँगको खेलमा नेदरल्याण्ड तनावमुक्त भएर खेल्ने छ । किनकी लगातार दुई खेलमा जित हातपार्दै नेदरल्याण्ड समूह चरणको खेलबाट नकाउट चरणमा प्रवेश गरिसकेको छ ।

युक्रेन र अष्ट्रेलियाबीचको खेल रोमाञ्चक हुनेछ । समान ३/३ अकं जोडेका दुबै टिमलाई नकाउट चरणमा प्रवेश गर्न जित आवश्यक छ ।

समूह बी मा यसअघि नै नकाउट चरणमा प्रवेश गरिसकेका बेल्जियमको ६ अंक छ भने फिनल्याण्डको ३ अंक छ । दुई खेलमा ३ अंक प्राप्त गरेका रुसले अंक बिहिन डेनमार्कसँग खेल्नेछ । रुसको नकाउट चरण प्रवेश पक्का भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker