नेपालमा पनि भेटीयो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८ वटा नमूना परिक्षण गर्दा ४७ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो ।

तिमध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन पत्ता लागेको हो । नयाँ म्युटेशनलाई एवाई– १ नाम पनि दिइएको मन्त्रालयले जनाएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भइसकेको छ ।

यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रूपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रूपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनहरूबाट पाइएको मन्त्रालयले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker