
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्थगन गरेका परिक्षाहरु साउन महिनाभित्र नै सक्ने तयारी थालेको छ । कोभिड– १९ को संक्रमण फैलिएका कारण स्थगित परिक्षाहरु संक्रमण नियन्त्रण उन्मुख र निषेधाज्ञा खुकुलो हुँदै गएपछि परिक्षा लिने तयारी विश्वविद्यालयले गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार पहिले सञ्चालनमा रहेका बेला स्थगित भएका परिक्षा र बाँकी अन्य परिक्षा लिने तयारी छ । यसकालागि केहिदिनभित्र सूचना जारी गर्ने जोशीले जानकारी दिनुभएको छ ।
परिक्षाका लागि अनलाइनबाटै फाराम भर्न मिल्ने र विकसित घटनाक्रम हेरेर केन्द्र पनि विद्यार्थीले नै छान्न पाउने ब्यवस्था गरिने भएको छ । कोरोनाको महामारीसँगै बाढी र पहिरोका कारण असहज नहोस् भनन विद्यार्थीको सहजताका लागि यस्तो व्यवस्था मिलाइएको हो ।