आँप दिने प्रलोभन देखाएर बालिकाको बलत्कारपछि हत्या

सप्तरी । डाक्नेश्वरी नगरपालिका ३ हटैलकी ८ वर्षीया बालिकाको बलत्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

स्थानीय १९ वर्षीय रोहितकुमार यादवलाई पक्राउ गरेको हो । भारततर्फ भाग्नै लागेको बेला गएराती यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो ।

आँप बगैँचामा गएको बेला यादवले बालिकालाई आँप दिने प्रलोभन देखाएर बलत्कार प्रयास गरेको र बालिकाले घट्ना बारे आमालाई भनिदिने भनेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धाानबाट खुलेको प्रहरीले जनाएको छ ।

चार दिन अघि घाँस काट्न गएकी बालिकाको शव भोली पल्ट स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker