
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनसीप तथा एएफसी एसियन कप छनोट खेलको अन्तिम चरणको तयारीका लागि ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहिलो चरणमा ५० जनालाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो । बन्द प्रशिक्षण जुलाई १ देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने भएको छ ।