
काठमाडौं । केहिदिन अघि शुरु भएको मनसुन यतिबेला सक्रिय रहेको छ । जसका कारण देशभर वर्षा भइरहेको छ । तर मुलुकका केहि स्थानमा भने भारी वर्षा हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाको छ ।
महाशाखाका अनुशार मनसुनी वायुकै प्रभावले आज दिउँसो चारवटा प्रदेशका केहि स्थानमा भारी वर्षा हुने सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र प्रदेश नं १, प्रदेश न २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भईरहेको छ ।
आज दिउँसो भने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोली र पर्सि पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पहाडी भू–भागमा पहिरो जाने तथा नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले केहिस्थानमा यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।
कस्तो छ तीन दिनको मौसम पूर्वानुमान हेरौं
असार ९ गते आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।
राति देशभर सामान्य देखी पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।
असार १० गते भोली दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।
भोली राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।
असार ११ गते पर्सि शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।
शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।