युरोकप फुटबल : इङ्ल्याण्ड नकआउट चरणमा प्रवेश

विराटनगर । जारी युरोकप फुटबल अन्तर्गत गएराती सम्पन्न खेलमा चेक रिपब्लिकलाई १ शुन्यको गोल अन्तरले पारजित गर्दै इङ्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । इङ्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

वेम्बली स्टेडियममा गएरातीको सम्पन्न खेलमा इङ्ल्याण्डलाई जीताउन रहिम स्ट्रर्लिङको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको १२ औं मिनेटमा उनले गोल गरेका थिए ।

शीर्ष स्थानमा रहेको इङ्ल्याण्डले ३ खेलमा ७ अंक जोड्दै अन्तिम १६ को स्थान पक्का बनाएको हो । ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker