चट्याङ लागेर एकको मृत्यु, ४ जना घाइते

विराटनगर । मोरङको रंगेली ननगरपालिका ६ मा बुधबार चटयाङ लागेर एक जनाको मृत्यु भएको छ । ४ जना घाईते छन् । स्थानीय २० वर्षीय नितेस रायको मृत्यु भएको हो ।

मलङ्गथानस्थित पिठारीको रुखमुनि छहारीमा बसिरहेको अवस्थामा अचानक चट्याङ परेर घाइते रायलाई उपचारका लागि रंगेली अस्पताल लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।

रायसँगै रुखमुनि बसेका स्थानीय ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय बिजय मण्डल, २२ वर्षीया संगिता राय, र २७ वर्षीय रबिन मण्डल घाईते भएको राईले बताउनुभयो । घाइतेहरुको रंगेली अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker