अदालतमा सुनुवाइ चलिरहेको बेला प्रतिनिधिसभा विघटनको विरुद्धमा विद्यार्थी संगठनद्वारा आन्दोलन

काठमाडौं । सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको बेला विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनहरुले आजबाट प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन सुरु गर्दै छ ।

नेविसंघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल पक्षका अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैंठोले देशभरि प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सहीदहरुको रगतले लेखिएको संविधान र लोकतन्त्र समाप्त पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले समेत साथ सहयोग दिदै आएको संयुक्त विद्यार्थी संगठनको ठहर छ ।

विद्यार्थी संगठनहरु संविधान, लोकतन्त्र, विधिको शासनका लागि आन्दोलन घोषणा गरेको जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker