प्रदेश २ सरकार समावेशी नभएको भन्दै उच्च अदालतमा रिट

जनकपुर । प्रदेश २ सरकार समावेशी बनाउन उच्च अदालत जनकपुरमा आज रिट निवेदन दायर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई सरकारमा प्रवेश गराएर गरेको जेठ २६ गते मन्त्रिपरिषद पुनर्गठन समावेशी नभएको भन्दै रिट दायर गरेको हो ।

अधिवक्ता राजकुमार महासेठले दायर गरेको रिटमा जेठ २६ गते नियुक्त भएका ३ जना मन्त्रीलाई कामकाजमा रोक लगाउनसमेत अन्तरिम आदेशको माग गर्नुभएको छ ।

१२ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा मधेशी समुदायबाट ११ जना, मुस्लिम समुदायबाट १ जना भए पनि दलित, आदिवासी जनजाति, गैरमधेशी अर्थात पहाडी समुदाय नभएकाले रिट दायर गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker