होला चालु अधिवेशनमा प्रदेशको नामकरण ?

विराटनगर । प्रदेश सरकार गठन भएको चौथो वर्ष बित्न लाग्दा पनि प्रदेश १ को नामकरण नहु“दा आलोचना भइरहेको बेला मुख्यमन्त्री शेरधन राईले चालु बजेट अधिवेशनबाट नामकरण गर्ने उद्घोष गर्नुभएको छ ।

प्रदेशको नामकरणका लागि अहिलेसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफलसमेत नभएको अवस्थामा चालु अधिवेशनबाटै प्रदेशको नामकरण हुनेमा सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले आशंका व्यक्त गर्नुभएको छ ।

सत्तारुढ दल नेकपा एमालेकै प्रदेशसभा सदस्यहरुबीच प्रदेशको नामको विषयमा रहेको मत भिन्नताले प्रदेशको नामकरण अनिश्चित बन्दै गएको छ । एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशको नाम भुगोल र पहिचानको आधारमा राखिनुपर्नेमा बिभाजित छन् ।

पहिचानवादीहरुले लिम्बुवान, खुम्बुवान, किराँत र लिम्ुबवान–खुम्बुवान–किराँतमध्ये एउटा प्रदेशको नाम हुनुपर्ने पक्षमा छन् । भूगोल पक्षधरहरु कोशी, सगरमाथा, विराट, कोशी–किराँत, सगरमाथा–किरा“तमध्ये एउटा नाम राख्नु पर्ने पक्षमा देखिएको हो ।

सत्तारुढ दल एमालेका प्रदेशसभा सदस्य राजेन्द्र राईले कसैसँग सल्लाह परामर्श नै नगरी मुख्यमन्त्री राईले अप्रत्यासितरुपमा घोषणा गरेको प्रदेशको नामकरण चालु अधिवेशनबाट नहुने दावी गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker