इटहरी उपमहानगरद्वारा किसानलाई बोयर बोका

सुनसरी । इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत वोयर जातका वोका वितरण गरेको छ । एक कार्यक्रमका विच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई वोका वितरण गर्नुभएको हो ।

प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदी,वडा नम्वर ३ का वडाध्यक्ष वालकृष्ण विष्ट र वडा नम्वर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा वोयर जातका वोका वितरण गरिएको हो ।

इटहरी उपमहानगरपालिका पशुपंक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत कृषि फमहरुलाई १३ वटा वोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

अरु वोका वाख्रा पकेट कार्यक्रम लागु भएको इटहरी १८ को शिहंदेवी कृषि शहकारी संस्थामा आवद्ध कृषी समूहलाई वितरण गरिएको हो । यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ ।

त्यहाँका कृषकहरुलाई केहि दिन भित्रैमा सय वटा वोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

आज वितरित वोकाको मूल्य ५० हजार देखि १लाख ५० हजार सम्म रहेको छ । गत वर्ष वितरित वाख्रावाट जन्मिएको ६ महिनाको एउटा पाठो ६५ केजीको भएको उहाँले जानकारी दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker