लागूऔषधसहित ३ जना पक्राउ

सुनसरी । प्रहरीले सुनसरीको धरान र झापाबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगर १ पूरानो बजारबाट लागूऔषधसहित धरान ९ की ३० वर्षीया आस्मा खातुन र धरान २ का ३५ वर्षीय मुन्नाप्रसाद मण्डल पक्राउ परेको छ ।

लागूऔषधको कारोबार गर्दै आएको सूचनाका आधारमा इलाका प्रहरी धरानले खातुनको धरान १ पूरानो बजारमा रहेको कोठामा छापारी गरेको थियो । छापामारी गर्ने क्रममा कोठामा खातुन र मण्डललाई नियन्त्रणमा लिई प्रहरीले चेकजाँच गर्दा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मण्डलको साथबाट स्पासमो प्रोस्किभोन प्लस १८ पत्ता र खातुनको कोठामा लुकाई राखेको स्पासमो प्रोस्किभोन प्लस ३०६ पत्ता २४४८ क्यापसुल बरामद भएपछि दुबै जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

यस्तै, लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ पिपल चोकबाट ब्राउन सुगरसहित स्थानीय २९ वर्षीय रामबहादुर निरौलालाई पक्राउ गरेको छ । निरौलाको साथबाट ३९ ग्राम ब्राउनसुगर र तौल गर्ने डिजिटल तराजु बरामद भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker