प्रदेश १ मा ९५३ संक्रमणमुक्त, ३५७ थपिए

विराटनगर । प्रदेश १ मा आज ९५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ ।

प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा ७, तेह्रथुममा ४, इलाम र भोजपुरमा २–२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ३७, मेचीनगरमा १५, दमकमा १३, भद्रपुरमा १०, कनकाईमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, बा¥हदशीमा ३, गौरादह र शिवसताक्षीमा २–२ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ३६, बेलबारीमा २२, लेटाङमा १०, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ५, उर्लाबारीमा ४, रतुवामाई, कटहरी, बुढीगंगा र कानेपोखरीमा २–२, सुनबर्षी, केराबारी, मिक्लाजुङ र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ४८, धरानमा २३, इनरुवामा २, बराहक्षेत्र, बर्जु, भोक्राहानरसिंह, गढी, दुहवी र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पाँचथरको फिदिममा २७, कुम्बायकमा २ र याङवरकमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ४, लालीगुराँस, छथर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको सभापोखरीमा ६ र खाँदबारीमा १, तेह्रथुमको म्याङलुङमा ४, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका २, ताप्लेजुङको फुङलिङ, खोटाङको केपिलसगढी र उदयपुरको उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ९६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ३७४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker