अस्पतालहरुलाई सात दिनभित्र सेवा शुल्क सार्वजनिक गर्न ताकेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरिका अस्पतालहरुलाई सात दिनभित्र सेवा शुल्क सार्वजनिक गर्न पुनः निर्देशन दिएको छ । सेवा शुल्क सार्वजनिक नगर्ने अस्पतालहरुलाई कानूनी कारबाहीको दायरमा ल्याउने मन्त्रालयले चेतावनी दिएको हो ।

मन्त्रालयले यसअघि जेठ १८ गते अस्पतालहरुलाई सम्पूर्ण सेवा शुल्क सार्वजनिक गरेर पारदर्शीता कायम गर्न निर्देशन दिएको थियो तर अझै केही अस्पतालहरुले सार्वजनिक नगरेकाले पुनः चेतावनी युक्त ताकेता गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker