स्काभेटरको बकेटले वडाअध्यक्षको हत्या

सर्लाही । स्काभेटरको बकेटले प्रहार गरी एक वडाअध्यक्षको हत्या गरिएको छ । इश्वरपुर नगरपालिका वडा ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हिजो राती हत्या भएको हो ।

उक्त वडास्थित मुखलाल दास पोखरीको सौन्दर्यीकरण कामको ठेक्केदारसँगै अनुगमन गर्न गएको बेला हत्या भएको जिल्ला प्रहरी सर्लाहीले जनाएको छ ।

अनुगमनका लागि वडाध्यक्ष श्रेष्ठ र ठेक्केदार प्रेमराज दाहालसँगै पुगेका बेला स्काभेटर चालक हर्षबहादुर तामाङलाई लिएर खाजा खान गएको थियो ।

खाजा खाने क्रममा भएको वादविवादको क्रममा वडाध्यक्ष श्रेष्ठले स्काभेट चलाक तामाङ्लाई चप्पलले हिर्काएको थियो । त्यही रीसमा तामाङ्ले बकेटले श्रेष्ठको टाउँको र छातीमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि श्रेष्ठको शव ठेकेदार दाहाल र चालक तामाङ् मिलेर गाडेको थियो । प्रहरीले रातभर खोजे पनि श्रेष्ठको शव शनिबार बिहान मात्रै बरामद गरेको स्थानीयले बताए । ठेक्केदार दाहाल र चालक तामाङ् दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई श्रेष्ठको शव पोष्टमार्टमका लागि पठाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker