विपक्षी गठबन्धनलाई धोका दिन्न : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अलग्गै पार्टी दर्ता गर्ने तयारीमा नरहेको र पार्टीभित्रै विद्रोहीको रुपमा बस्ने बताउनुभएको छ ।

बानेश्वरस्थित संसद भवनमा राजनीतिक मामिला सम्बन्धी संवाददाताहरुसँगको अन्तरक्रियामा उहाँले आफ्ना पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध विद्रोहीको रुपमा प्रस्तुत भइरहने जिकिर गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीलाई सत्ता बाहेक अरु केही पनि चाँहिदैन । बरु आफू बस्न नपाएको कुर्सी भाँचिदिन तयार हुनुहुन्छ।’ नेपालले नेकपा रहँदा प्रचण्ड र आफूलाई जुधाउन ओलीले अनेक चालबाजी गरेको आरोप लगाउनुभयो । हाल आएर संविधान, प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि आफू विपक्षीसँग उभिएको स्पष्टीकरण दिनुभएको छ ।

नेता नेपालले आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी भएको बताउनुभएको हो । नेपालले भन्नुभयो, ‘संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।’

नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने प्रष्ट पार्नुभएको छ । यद्यपी उहाँले केपी ओली पक्षबाट आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको भन्दै विपक्षी गठबन्धनलाई धोका नदिने स्पष्ट पार्नुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker