
पाँचथर । फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाज अब लिम्बू भाषामा हुने भएको छ । बहुसंख्यक लिम्बू समुदायको बसोबास रहेको गाउँपालिकाले अन्य भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा मान्यता भने दिएको हो ।
गाउँपालिकाले ल्याएको आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने उल्लेख छ ।
गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँसभाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा स्विकृत गरिसकेको बताउनुभयो ।
गाउँसभाबाट आउँदो आर्थिक वर्षका लागि गाउँपालिकाको ४९ करोड ९६ लाख ९३ हजार रुपैयाँको बजेट समेत पारित गरेको छ ।