मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन भोली हुने

काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन भोली हुने भएको छ । मदन भण्डारीको जन्मोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंका अनुसार प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । प्रतिष्ठानले स्थापना भएको पहिलो वर्षमा तीनवटा विषय अध्यापन गराउने अनुमति पाएको छ।

चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि प्रतिष्ठानलाई ८० सिट निर्धारण गरेको छ। जसमा बिपिएचमा २०, बिफार्मा ३० र बिएस्सी एमएलटीमा ३० सिट तोकिएको छ। प्रसाईंले चिकित्सा शिक्षा आयोगले परीक्षा केन्द्र रोज्न विद्यार्थीलाई अनुरोध गरिसकेको हुँदा आगामी साउनदेखि नै शैक्षिक कार्यक्रम सुरु हुने जानकारी दिनुभएको छ ।

यस्तैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा मदन भण्डारीको जन्मोत्सवको अवसरमा भोलीदेखि डायलसिस सेवा समेत सुरु हुने बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाको पहलमा प्राप्त भएको पाँचवटा मेसिनबाट पहिलोपटक अस्पतालले डायलासिस सेवा दिन लागेको प्रसाईंले जानकारी दिनुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker