बालसुधार गृहबाट फरार भएका किशोरहरु नियन्त्रणमा

विराटनगर । मोरङको विराटनगर महानगरपालिका – ३ स्थित बालसुधार गृहको छतबाट हाम्फालेर फरार भएका चार जना किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाल बिज्याई गरेर सुधारगृहमा बस्दै आएका ति किशोर हिजो अपरान्ह एक साथ छतबाट हाम्फालेर भागेका थिए । ति मध्ये एकजनालाई हिजो नै विराटनगर – ३ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो भने अन्य तीनजनालाई आज विहान विराटनगर–४ स्थित पुलचोक नहर छेउबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्गका अनुशार आज नियन्त्रणमा लिइएका किशोरहरु सामान्य घाइते अवस्थामा फेला परेकाले स्वास्थ्य परिक्षण गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी शाखाबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता मुकारुङ्गले जानकारी दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker