आज ३ हजार ७ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै गएको २४ घण्टामा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४२४ जना छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker