युरोकप फुटबल : चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । युरोकप २०२० को समूह ‘सी’ का तीन वटै खेल जितेका नेदरल्याण्ड्सलाई समूह ‘डी’ का तेस्रो टोली चेक रिपब्लिकले गएरातीको खेलमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

चेक रिपब्लिकले नेदरल्याण्डसलाई २–० गोलअन्तरले पराजित गरेपछि नेदरल्याण्ड युरोकपबाट बाहिरिएको हो । सन् २०१२ पछि क्वाटरफाइनलको यात्रा सुनिश्चित गरेको चेकले डेनमार्कसँग खेल्नेछ ।

चेक र नेदरल्याण्डसबीचको खेलको पहिलो हाफ गोलरहित रहयो । दोस्रो हाफको ५५ औं मिनेटमा नेदरल्याण्डसका माथिस डि लिग्टले रातो कार्ड पाएपछि १० खेलाडी समिति भएको थियो । चेकका लागि ६८ औं मिनेटमा टोमस होल्सले र ८० औं मिनेटमा प्याट्रिक सिकले गोल गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker