
क्यानडा र अमेरिकाका केहि क्षेत्रमा तातो हावाका कारण जनजीवन अस्तब्यस्त बन्न थालेको छ । अत्यधिक तातो हावाका कारण क्यालिफोर्निया र ओहायो राज्य राजधानी वासिङ्गटन र ओरेगन राज्यमा बढी समस्या देखिएको छ ।
वासिङ्गटन र ओरेगन राज्यमा ५० डिग्री सेल्सियससम्म तापक्रम पुग्नसक्ने चेतावनी दिइएको छ। सियाटलमा ३८ डिग्री सेल्सियस मापन गरिएको छ। ओरेगनको केही शहरमा तातो हावाले ज्यानै जान सक्ने भन्दै स्थानीयलाई सचेत रहेन आग्रह गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
तातो हावाका कारण अस्पतालहरुमा विभिन्न समस्या लिएर पुग्नेहरुको संख्या बढ्दै गएको छ । केही शहरमा चिसोका लागि कुलिङ सेन्टरहरु समेत खोलिएको छ।
अमेरिकी राष्ट्रिय मौसम सर्भिसले तापमानले नयाँ रेकर्ड कायम गर्ने प्रक्षेपण गरेको छ। क्यानडा, ब्रिटिस कोलम्बियामा शनिवार तापमान ४३ डिग्री सेल्सियसमाथि मापन गरिएको थियो।