मुलुकभरि २ हजार ४४४ मा संक्रमित थपिए

काठमाडौं । मुलुकभरि आज २ हजार ४४४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६ हजार ६४८ पीसीआर परीक्षण गर्दा १ हजार ५०९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ४ हजार ९९२ एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।

मुलुकभरि आज ३ हजार ८५३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । मुलुकभरि निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker