माओवादी अध्यक्ष दाहाल छेपारो जस्तै रंग फेर्ने मान्छे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल छेपारो जस्तै रंग फेर्ने मान्छे भएको टिप्पणी गर्नुभएको छ ।

७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा बालुवाटारमा आज ओलीले जेमा जान्छ त्यस्तै रंग बल्ने छेपारो जस्तो दाहालले अहिले राष्ट्रपतिभन्दा राजा नै राम्रो भन्ने गरेको आरोप लगाउनुभयो ।

दाहालले राजनीतिक मुद्दामा पनि समय अनुसार बोली फर्ने गर्दै आएको ओलीको आरोप छ । दाहालले कहिले कम्फर्टेबल सरकार बनाउने कहिले लोकतान्त्रिक छिमेकीले किन हस्तक्षेप गर्दैन भन्ने त कहिले गणतन्त्र ल्याउने मै हुँ भन्ने त कहले राष्ट्रपति भन्दा राजा नै ठीक भन्ने गरेको ओलीको भनाई थियो ।

विदेशबाट हतियार ल्याएर नेपालीको नरसंहार गरेको दाहाललाई ओलीले आरोप लगाउनुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker