![](https://lokpriyakhabar.com/wp-content/uploads/2021/06/madhab-kumar-nepal-1.jpg)
काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुको नामै काढेर गरेको टिप्पणी सही भए जनताको अदालतमा उभिन तयार रहेको बताउनु भएको छ ।
कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा आज नेपालले विपक्षी मोर्चाको लडाइ कुनै एक व्यक्तिको विरुद्ध नभई प्रवृत्तिका विरुद्ध भएको बताउनु भयो । उहाँले विपक्षी गठबन्धन संविधानको रक्षाका लागि लडिरहेको बताउनुभयो ।