आज असार १५, राष्ट्रिय धान दिवस : धान रोपेर मनाईदै

विराटनगर। आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । आज धान रोपेर देशभर धान दिवस मनाइँदैछ । हरेक वर्षको असार १५ गते धान रोप्नुका साथै दही चिउरा खाएर यो दिवस मनाइने गरिन्छ ।

सरकारले वि.सं. २०६१ मंसिर २९ गते असार १५ लाई राष्ट्रिय धान दिवस मनाउन निर्णय गरेको थियो । कृषिप्रधान देश नेपालको प्रमुख अन्नबाली धान असारमा रोपेर मंसिरमा काट्ने गरिन्छ ।

असार १५ लाई दिवसका रुपमा मनाउन थालेपछि पछिल्लो समय हिलोमा पसेर धान रोप्ने, फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने युवा पुस्ताको मोह पनि उसैगरि बढेको पाइन्छ । आजको दिन स्थानीय तहहरुले पनि औपचारीक रुपमा कार्यक्रम नै गरी धान दिवस मनाउने गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker