कोरोनाको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्रै

काठमाडौं । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्रै गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विज्ञप्तीमा सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने उल्लेख छ ।

यसअघि कोरोना संक्रमितको उपचारका लागि शिक्षण अस्पतालहरुसँग भएको सम्झौता अनुसार असार १४ गतेसम्म उपचारका लागि भर्ना भएकाहरुको २४ गतेसम्मको मात्रै सरकारले सोधभर्ना उपलब्ध गराउने विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker