युरोकप : युक्रेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । युरोकप २०२० मा युक्रेनले गएरातीको सम्पन्न खेलमा स्विडेनलाई पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको छ । युक्रेनले स्विडेनलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो । युक्रेनले क्वाटरफाइनलमा इंग्ल्याण्डको सामना गर्नेछ ।

खेलको २७औं मिनेटमा ओलेकसान्डर जिनचेन्कोको गोल अग्रता लिएको युक्रेनलाई खेलको ४३ मिनेटमा स्विडेनको इमिन फोर्सवर्गले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

अतिरिक्त समयको अन्तिम अवस्थामा युक्रेनका सब्टिच्युट डोभ्ब्योकले नजिकको दूरीबाट गरेको गोल निर्णायक रहयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker