युरोकपको क्वाटरफाइनल खेलअसार १८ गतेबाट सुरु हुँदै

काठमाडौं । युरोकप २०२० को नकाउट चरणको खेल गएराती सकिएको छ । अब क्वाटरफाइनलको खेल असार १८ गते राती ९ः४५ बजेदेखि सुरुहुने भएको छ ।

पहिलो क्वाटरफाइनल खेल स्विचरल्यान्ड र स्पेनबीच रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । यस्तै दोस्रो क्वाटर फाइनल खेल असार १८ गते नै राती १२ः४५ बजे जर्मनीको म्युनिखमा इटली र बेल्जियमबीच हुनेछ ।

यस्तै, तेस्रो क्वाटरफाइनल खेल असार १९ गते राती ९ः४५ बजे अजरवैजानको बाकुमा चेक गणतन्त्र र डेनमार्कबीच र चौथो तथा अन्तिम क्वाटरफाइनल खेल त्यही दिन राती १२ः४५ बजे इटलीको रोममा इङल्यान्ड र युक्रेनबीच हुनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker