एमाले महाधिवेशन कमिटी भंग, नेपाल पक्षमाथिको कारबाही फुकुवा

काठमाडौं । नेकपा एमालेको आज बसेको महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीको नाममा पार्टी सञ्चालन गर्ने निर्णय गरेको छ । महाधिवेशन कमिटी भंग भएसँगै बरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनना नेतामाथि गरिएको कारबााही निस्केय भएको हो ।

बैठकले एमालेका ४ र माओवादीबाट आएका ४ जना नेतालाई केन्द्रीय कमिटीमा समेट्ने निर्णय गरेको छ । एमालेबाट रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त र माओवादीबाट आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लवेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य मनोनित गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker