संवैधानिक परिषदको सिफारिसमा नियुक्त पदाधिकारीको नियुक्तीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । हालै नियुक्त हुनुभएको संवैधानिक परिषदका पदाधिकारीको नियुक्तीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले असरा १० गते नियुत्तः गर्नुभएको पदाधिकारीविरुद्ध रिट निवेदन दायर गर्नुभएको हो ।

रिट निवेदनमा पदाधिकारीहरुको संसदीय सुनुवाइविना नै नियुक्त गर्न नमिल्ने भएकाले नियुक्ती बदर माग गर्नुका साथै रिटको अन्तिम टुंगो नलागुञ्जेल कामकाज नगर्न नगराउन अन्तरिम आदेशको समेत माग गरेको उल्लेख छ ।

राष्ट्रपतिले लोकसेवा आयोगका अध्यक्षलगायतका २० जना पदाधिकारीको नियुक्ति संसदीय सुनुवाहीविना नै गर्नुभएको छ । लोकसेवामा पदाधिकारी नियुत्तः भएपछि सचिवमा बढुवाका लागि सिफाारिस गर्नुका साथै खरिदारदेखि सहसचिवसम्मको रोकिएको परीक्षा सञ्चालनका लागि सूचना जारी गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker