प्रदेश १ मा ७१७ संक्रमणमुक्त, ७०८ थपिए

विराटनगर । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ ।

प्रदेश १ मा आज ७०८ जना कोरोना संक्रमित थपिएका छन् । यस प्रदेशमा आज गरिएको १ हजार १०२ जनाको पीसीआर परीक्षणमा ३६८ जनामा र ९५९ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा पिसिआर परीक्षणमा ७१ हजार ६६९ र एन्टिजेन परीक्षणमा १७ हजार ८०४ जनामा हालसम्ममा संक्रमण पुष्टि भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker