नगरपालिकाको ऐलानी जग्गामा कवुलियत वन लगाउने घोषणाविरुद्ध उत्रिएका स्थानीय र प्रहरीबीच झपड, १६ जना घाइते

काठमाडौं । उदयपुरको बेलका नगरपालिकाले ऐलानी जग्गामा कवुलियत वन लगाउने घोषणा गरेको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच आज झडप भएको छ । झडपमा ६ जना प्रहरीसहित १६ जना घाइते भएका छन् ।

नगरपालिकाको वडा ३ र ५ स्थित ऐलानी जग्गामा कवुलियत वन लगाउने घोषणाको विरोधमा उत्रेका स्थानीयले नगरपालिका कार्यालय तोडफोडमा उत्रेपछि प्रहरीसँग झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमलेका अनुसार प्रदर्शनकारीले नगरपालिकाको गाडी र प्रमुख दुर्गाकुमार थापाको कार्यकक्षमा तोडफोड गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायर र अश्रुग्याससमेत प्रहार गरेको बताउनुभयो ।

झडपमा सशस्त्र प्रहरीका २, नेपाल प्रहरीका ४ जना गरी ६ जना प्रहरी र १० जना स्थानीय घाइते भएको उहाँले बताउनुभयो । घाइतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । झडपमा सहभागीमध्ये १० जनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

तर नगरस्तरीय राजनीतिक दलहरुले शान्तिपूर्ण आन्दोलनमा उत्रेका स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र नियन्त्रणमा लिएका स्थानीयलाई तत्काल विनासर्त रिहाइ गर्न माग गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker