
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा अहिले साँझ ६ बजे मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । बैठकले लोक सेवा आयोगले सचिवमा बढुवाका लागि सिफारिस गरेकाहरुमध्येबाट ४ जनालाई सचिवमा नियुक्त गर्ने तयारी गरिएको हो ।
आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ । उहाँहरुमध्ये मन्त्रिपरिषदले बरिष्ठताका आधारमा एक जनालाई सचिवमा नियुक्त गर्ने छ ।
यस्तै, कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराललाई आयोगले सचिवमा बढुवाका लागि सिफारिस गरेको छ । जसमध्ये एक जना सचिवमा नियुक्त हुनेछ ।
यस्तै, इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देललाई सिफारिस गरेको छ । उहाँहरुमध्येबाट पनि एक जना सचिवमा नियुक्त हुने छ ।