पथरीशनिश्चरेमा लायन्स क्लबको रक्तदान कार्यक्रम सम्पन्न

पथरीशनिश्चरे । लायन्स क्लब अफ पथरीशनिश्चरे, लायन्स क्लब अफ कानेखोपरी र लायन्स क्लब योङ्ग हर्ट पथरीशनिश्चरेले आफ्नो स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम गरेका छन् ।

स्थानीय नर्वदेश्वर मन्दिरको प्राङ्गण, पथरी बजारमा सम्पन्न कार्यक्रममार्फत ४० प्रिन्ट रगत संकलन भएको छ । रेडक्रस जिल्ला मोरङ कार्यसमितिको सहकार्यमा सम्पन्न कार्यक्रममा स्थानीय राजनीतिकर्मी, समाजसेवी र व्यापारी–व्यवसायीले उत्साहप्रद माहोलमा रक्तदान गरेका थिए ।

स्थानीय राजनीतिकर्मी युवराज बास्कोटा, शिक्षासेवी अर्जुनकुमार बुढाथोकी, लायन लिडर रोशनकुमार बुढाथोकी, पथरी उद्योग वाणिज्य संघ अध्यक्ष दीपक बस्नेत, स्वास्थ्यकर्मी हेमराज चापागाईं, लायन उपेन्द्र कँडेल, सर्वलाल राई, गोमा पौडेल बुढाथोकी, विजय डाँगी, अनु राईलगायतले रक्तदान गर्नुभएको छ ।

कोरोना महामारी र बाढीपहिरोको कहर झेल्नुपरेको विद्यमान अवस्थामा संकलित रगतलाई प्रयोगमा ल्याउन सकिने धारणा राख्दै नगरपालिका स्वास्थ्य संयोजक मुरारी आचार्य र लायन भगतचन्द्र थपलियाले शुभेच्छा व्यक्त गर्नुभयो ।

आज १ जुलाई अर्थात् लायन्स अभियान आरम्भ भएको दिनका रुपमा मनाउने गरिन्छ । यो दिन देशव्यापी रूपमा रचनात्मक कार्यक्रममार्फत नयाँ नेतृत्व चयन, निर्माण र परिचालनको सन्देश दिने गरिन्छ ।

यसैबिच लायन भगवतीदेवी कटुवालको नेतृत्वमा स्थानीय कमिटी समेत गठन गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker