बेलबारीमा दुईमहिनादेखि अलपत्र बृद्धको उद्दार

भूमिप्रसाद पाठक ,

बेलबारी । बेलबारीमा दुईमहिनादेखि अलपत्र पर्नुभएका एक बृद्धको आज उद्धार गरिएको छ । संखुवासभा घर र रामबहादुर राई नाम बताउने बृद्धको दुईमहिनादेखि बेलबारीक्षेत्रमा अलपत्र अवस्थामा बस्दै आउनुभएको थियो । नगरक्षेत्रमा अलपत्र पर्नुभएका उहाँलाई उपमेयर ढाकाकुमारी पराजुलीले उद्धार गरि मानवसेवा आश्रममा पठाउनुभएको हो ।

विगत २ महिनादेखि बेलबारी– ११ स्थित सुम्निमा चोकको विश्रामालयमा बसेर कष्टकर जीवनयापन गर्दै आउनुभएका बृद्धलाई आज आश्रममा पठाइएको हो । सङ्खुवासभाको तुम्लिङटारस्थित माथ्लोटार घर रहेका बृद्ध राई २ महिनादेखि अलपत्र हुनुहुन्थ्यो ।

उहाँलाई केही स्थानीयले खाना र बस्न सहयोग गर्दै आएको उद्दारमा सक्रिय स्थानीय रोशन श्रेष्ठले बताउनुभयो । बेलबारी ७ बाहुनी स्थित आफन्तकोमा आएको बताउने राइले आफन्त समेत घर छोडेर धेरै दिनसम्म नफर्किएपछि आफू अलपत्र परेको बताउनुभएको छ ।

अलपत्र बृद्ध घर पुग्न सहयोग गरिदिन आग्रह गर्दै रुँदै आएपछि उहाँको उद्धारमा उपमेयर लाग्नुभएको हो । उहाँले राईका परिवार र आफन्तहरुसँग सम्पर्क हुन नसकेपछि मानवसेवा आश्रम विराटनगरमा पठाइएको बताउनुभयो ।

उहाँका परिवारको पहिचानका लागि खाँदबारी नगरपालिकाका प्रमुख, तुम्लिङटारका वडाध्यक्ष टिकाराम कुमालसँग बुझ्दापनि पत्ता नलागेपछि संरक्षणका लागि मानवसेवा आश्रम विराटनगर पठाइएको हो । आश्रमसँगको समन्वयमा बेलबारी नगरपालिकाको व्यवस्थापन र इलाका प्रहरी कार्यलय बेलबारीको सहयोगमा आश्रम पठाएको उपमेयर पराजुलीले जानकारी दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker