
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएकोले सहभागी नहुने निर्णय गरेको छ ।
पार्टी एकतालाई इमान्दारिताका साथ अगाडि बढाउन र त्यसै अनुसारको प्रक्रियामा पार्टी सञ्चालनका लागि बैठकको निष्कर्ष रहेको एक नेताले बताउनुभयो । पार्टी एकताका लागि सबैले आ–आफ्ना स्थानबाट इमान्दारितापूर्वक प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।
एमालेको महाधिवेशन आयोजक समितिको हिजो बसेको अन्तिम बैठकले आयोजक समिति विघटन गरेर तत्कालिन केन्द्रीय कमिटीको शुक्रबार बैठक बोलाउने निर्णय गरेको छ ।