बिपदमा सेवा गर्दै परियार

असार १७ । रत्ननगर नगरपालिकास्थित रमाइलो बस्तीमा बाढी पसेपछि सौराहाका होटल व्यवसायी शिरलाल परियार बाढी प्रभावितको उद्धारमा खटिएका छन् । बस्ती नै डुबानमा परेपछि व्यवसायी परियारले आफैँ खटिएर प्रभावितहरूलाई सुरक्षित स्थानमा राखेका हुन् । उनी आफैँले सञ्चालन गरेको ग्रीन सोसाइटी नेपालको विद्यालयमा हाल २१ घरधुरीका सय जनाले आश्रय लिएका छन् । उद्धार गरी ल्याइएकाहरूका लागि खाना तथा बसोबासको व्यवस्था पनि उनी आफैँले गरेका हुन् ।
“बस्ती डुबेर बस्न नमिल्ने देखेपछि आफैँ अघि बढेँ”, उनले भने, “सबैलाई सुत्ने ठाँउ नमिलेपछि हाल विद्यालयमा ल्याएर राखेका छौ । बस्न मिल्ने नभएसम्म बाढीपीडितलाई यहीँ राख्ने सोचेका छौं ।”

बिहिवार लायन्स क्लब अफ चितवन सौराहा ,लायन्स क्लब अफ वाइल्ड लाइफ सिटि , लायन्स क्लब अफ कम्युनिटी हेल्प र लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबाले संयुक्त सहयोगमा खाना खुवाइएको थियो

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker